Nepali Time

Thursday, January 5, 2012

आफ्नो बारेमा








हुन आफ्नो बारेमा साथीहरु को माझमा भन्न पाउद खुशी लाग्छ
अनी नेपाली भुमीमा जन्म लिन पाएकोमा गर्व को आभास हुन्छ
जिबनको सबै भन्दा ठुलो अन्योलको परिस्थीती नै यही होला शायद किन
कि आफ्नो बारेमा आँफै लेख्ननु पर्दा धेरै गाह्रो हुदो रहेछ यो कुरा आज
मलाई महसुस भयो किन कि कसरी के लेखु आफ्नो बारेमा राम्रो
लेखु वा नराम्रो दोधारमा छु राम्रो नराम्रो हर्नेहरु को आँखामा
भर पर्ने कुरा हो तर पनि जिबनका हरेक मोडहरुमा आफ्नो
गन्तब्यको खोजीमा आफ्ना पाइलाहरु अगाडि बढाउने क्रममा
कयौ सुख दु: सामना गर्दै थाहै नपाई समय बित्दै

अनी भन्छु

"
यात्रा रहेछ जिन्दगी"
Ram Mani Adhikari
Nuwakot Budhasing 8 Nepal
rammaniadhikari@gmail.com






Friday, August 20, 2010

भीमदर्शन रोका

१।
रात केवल एक प्रहर बाँकी छ

तिन प्रहरको अन्तिम असर बाँकी छ

पश्चिममा पुगेकी एक्ली चाँदनीलाई

केवल यौटा मेरै भर बाँकी छ


कैयौँले यहाँ रातको गीत थालेथे
आफ्ना-आफ्ना ताराहरू बालेथे

तर को रह्यो र अब यहाँ

तिमी छौ म छु र हाम्रो रहर बाँकी छ



२।


आकाशको सब तारा गनिसकेपछि
प्रत्येक श्वास सुस्केरा बनिसकेपछि

के रह्यो अब मेरो मसँग प्रियतम
?


तिमीलाई आफ्नो भनिसकेपछि ।

Friday, May 21, 2010

हुँ म

केही पाएर पनि सधैं यक्लो हुने एउटा कथा हुँ म
उपचार पाएर पनि सधैं पिडा बल्जी रहने एउटा बेथा हुँ म
तिमी ले जस्तो सोचे पनि जिन्दगी बच्न न सकेको एउटा पिडा हुँ म
तेसैले त भन्छु तुफान् मा सधैं सधैं हराउने देखन नसकिने तारा हुँ म

कबिता


पिपल विना तड्पीएको एउटा बुढो बर भएँ ।
बसाँइ सरी छाडी गा को भत्कीएको घर भएँ ।
हेला मात्र गरिरहे कुरुप नै देखे छन् नी ,
आफैं बाट च्यातिएर बेकामे म धर भएँ ।
उषा भन्दा गोधुली त कमै लाई प्यारो लाग्छ,
रङ्गी चङ्गी दुनियाँमा आफैं बाट पर भएँ ।
देव सम्झी पुज्न लाई मान्छे ढुङ्गा हैन रैछ,
के-को साथ पाउँथे त आखिर म नर भएँ ।

Saturday, May 15, 2010

जिन्दगी

जिन्दगीको कथा कस्तो बगी जाने खोला जस्तो
अधेरीमा भागी हिंड्ने जुनकिरीको चोला जस्तो
अन्गालोमा बास माग्ने पिरतीको बेथा जस्तो
तिम्रो हाम्रो माया बटुवाको कथा जस्तो
राम मणी अधिकारि
नुवाकोट बुढासिङ ८ नेपाल
हाल यू ए इ
९७१५५२६३५१९९

Wednesday, May 5, 2010

नखोज्नु है मलाई


नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा


म त उजाड मरुभुमिमा हर्राई सकेछु


नसम्झिनु है मलाई कुनै खुशियालीमा


म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु


नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा


म त ५५ डिग्रीको घाममा जल्न पुगेछु


नखोज्नु है मलाई हजारौं दुनियाँको भिडमा


म त बालुवै बालुवाको मरुभुमी मा पुगी सकेछु


नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा


म त समुन्द्री आँधिमा बडारीन पो पुगी सकेछु


नखोज्नु है मलाई वरपिपलको छहारीमा


म त रुखै नभएको मरुभुमीमा पो मडारिन पुगी सकेछु


नखोज्नु है मलाई जन्मभुमिको कुना कुनामा


म त गाउँ घर छाडी समुन्द्र तरी पराइ बनि सकेछु


नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा


म त अब परदेशी पो भैसकेछु, परदेशी पो भैसकेछु


Wednesday, April 14, 2010

"आउ नया बर्ष तिमी"



चैतामासमा सुकेको पात झै होइन,
बसन्तको पालुवा झै भएर आउ
उराठ लाग्दो आगोले खाको बन जस्तो होइन
जत्ता ततै हरियाली छाएर आउ ...........

कोल्हाल मार् पिट होइन नया बर्ष
शान्ति अमन चैन ल्याएर आउ
मति भ्रष्ट गाफाड़ी नेता होइन
देश भक्त जनतामुखी नेता ल्याएर आउ .....

यि नै सस्कार हिन नेताको पछी लाग्ने भेडा जनता होइन
चरित्रवान आफ्नै कर्ममा बिस्वास गर्ने जनता ल्याउ
अपराधी देश्द्र्ही सिपाही पुलीस होइन
जनता देशलाई माया गर्ने सिपाही ल्याउ ..........

नेपाली जनताको पसिना खाएर

हाम्रै आमा चेलीलाइ बलत्कार हत्या गर्ने सेना होइन
सच्च देश भक्त कर्द्ब्या निष्ठा नेपालीको सेवा
गर्ने शान्ति सेना ल्याउ .......

जस्तो धेरै भाग खोज्ने नाममा
बिदेशीको गधा बन्ने होइन
देशमै रहेर केही गरौ भन्ने
सोच भएको कर्म योगी युवा ल्याएर आउ ..........

जस्तो धेरै भाग खोज्ने नाममा
बिदेशीको गधा बन्ने होइन
देशमै रहेर केही गरौ भन्ने
सोच भएको कर्म योगी युवा ल्याएर आउ ..........


--राम मणी अधिकारि