Friday, May 21, 2010

कथा बाध्यताको पाहाडहरु

-राममणि अधिकारी 
जेठ महिनाको बिहानै ६ बजे   बाले भन्नु भयो ए जेठा छिटो उठ आज खेतमा धानको बिउ राख्नु छ । म हिजो दिन भरि मकै गोड्न मेला गएको थिए बिहान उठ्नै सकिन बाले चार-पाच  चोटीसम्म कराउदै भन्नु भयो खै कसरि गरि  खालास जेठा  भन्दै भन्नु भयो तेरो उमेरमा त मैले विबहा गरेको ३ वर्ष भएको थियो ।  भन्दै सुनाउदै हुनुहुन्थ्यो । डसना एकतिर तन्दा एक तिर भएको ओछ्यानबाट बल्ल-बल्ल उठ्ने प्रयास गरेर चोटाको लिस्नुबाट तल झरे । एक- एक घान मकै र एक - एक बटुको मोही खाएर बाउ छोरा बतासेकोओरालो लागियो एक- एक थुन्चे  मल बोकेर  बेसी खेतमा धानको बिउ राख्न भर्खर एस.एल. सी सकिएको थियो ।विदेश  जान भनेर पासपोर्ट बनाएर पारि घरे प्रेम दाइलाइ दिएको थियो उहा काठमाडौँको कुनी के म्यानपावरमा एजेण्टको   काम गर्नु हुन्थ्यो क्यारे  । 
                                     
अधेरी खोलामा पुगे पछि प्रेम दाइको फोन आयो अब १५ दिनमा  मलेसिया उड्नु पर्ने रे एक लाख असि हजार तिर्नु पर्ने  भन्ने खबर आयो मैले बालाइ सबै कुरा सुनाए घर खर्च चलाउनु पर्ने परिवार खर्च दशैँ तिहार चाड पर्व  र हामि छोरा छोरीलाइ अलि-अलि अक्षर चिनाउदा नै बालाइ तिन लाख ऋण पहिले नै लागेको थियो तेही पनि सय कडा चालिस  प्रतिशतको दरले तिर्ने गरि मैले बालाइ सबै कुरा सुनाए पछि बालाई एक लाख असि हजार कता बाट जोहो गर्ने भन्ने कुरा को ठुलो पिर पर्यो म भने अब विदेश पुगिने भए भनेर बेशी जादा र आउदा सबै साथिलाइ म अब १५ दिन मलेसिया पुग्छु भनेर सुनाउदै हिडे  ।  बाले तिन/चार  दिनसम्म दिन रात गरेर  गाउमा पैसा खोज्दा कतै ऋण दिने मान्छे भेट्नु भएन केहि उपाए नलागे पछि गाउको बिरे साहुकोबाट दुइ लाख ऋण लिनु भयो त्यो पनि  एक  वर्षमा तिन लाख दिने कागज गरेर ल्याउनु भएछ   ।    पुरानो तिन र अहिले लिएको दुइ लाख गरेर बालाई पाच लाख ऋण भएको थियो मन भित्र ऋणको त्राश हुदा हुदै पनि छोरा छन् कमाएर तिर्लान भनेर बा हाम्रो आगडि खुशी भए जस्तो गर्नु हुन्थ्यो  । जेठ १६ गते म मलेसिया उड्ने पक्का भएको र छिटो पैसा लिएर आउनु भनेर प्रेम दाइले फोन गर्दै थिए जेठ १४  गते म र बा काठमाडौँ हिड्यौ बालाइ र मलाइ गाडिमा एकदम बान्ता हुन्थ्यो बारीबाट एक-एक  ओटा कागती सुँघ्दै बाटा भरि वान्ता गर्दै बा र म कलंकी झरेर प्रेम दाइको लामपाटीमा रहेको कोठामा गयौ । उनको कोठामा हामि जस्तै अरु दुइ  जना मलेसिया जाने भनेर प्रेम दाइलाइ भेट्न आएको रहेछन २० मिनेट पछि प्रेम दाइ कोठामा आइपुगे र कामको बारे मलाइ सिकाए मैल हस दाइ हुन्छ हुन्छ मात्र भनि रहे एक छिन पछि उनलाइ पैसा बुझाएर हामि बाउ छोरा  भान्दाईको काकाको छोराको कोठामा गयौ । 
१ दिन  भान्दाईको काकाको  छोरा सुर्य दाइको कोठामा  बसेर १६ गते बिहानै बा र उठेर मुख धोएर कलंकी मन्दिरमा दर्शन गरेर कलंकी चोकमा गएर चिया दुनोट खाएर कान्तिपुर यातायातको बस चडेर एयरपोर्ट पुग्यौ  म प्लेन चड्ने प्रक्रियाको लागि एयरपोर्ट भित्र पुगे बा मलाइ हेर्दै आशु पुछी  रहनु भएको रहेछ खै किन हो मलाई रुन मन लागेन त्यही भएर होला आज अनुभव हुन्छ बाबुको माया कस्तो हुन्छ भनेर मैले आफ्नो बच्चा जन्मे पछि मात्र यी सबै कुरा को अनुभव भयो । 
प्लेन चडेको ५ घण्टा जतिमा म मलेसियाको कोलालामपुर  पुगे मलाइ प्लेन चड्दा धेरै रमाइलो भयो किन कि म त्यो भन्दा पहिले प्लेन चढेको थिइन गएको २ दिन पछि एक जना मले हामिलाइ काममा लान भनेर आयो नया नया हुनाले हामिलाइ भाषा आउदैन थियो सरकारी स्कुलमा पढेकोले अंग्रेजी बोल्न तेती आउदैन थियो जसो तसो हामि काममा पुग्यौ काम कार्टुन कम्पनिमा कार्टुनको ठुला ठुला भारि उठाउनु पर्ने रहेछ गएको एक महिना सम्म घरमा  फोन गर्न मोबाइल थिएन र घर तिर फोन पनि गरिन  । गएको १ महिना पछि मैले ५०० रिङ्गेट तलव पाए अनि मोबाइल किनेर घरमा फोन गरे बा बोल्नु भयो कहिल्यै घर नछोडेको म अलि अलि न्यास्री सकेको रहेछु । बाले  काम र तलवको बारे सोध्नु भयो मैले सबै भने बाले ऋणको बारेमा पनि भन्नु भयो आमा हजुरआमा म देखि न्यास्री सक्नु भएको  रहेछ सबै सग अलि अलि बोलेर मैले फोन राखे महिना मरे पछि बल्ल तल्ल ओभर टाइम समेत गरेर ६५० रिङ्गेट हात पर्थ्यो १५० ले खान पुर्याएर मैले महिनाको ५०० रिङ्गेट करिब १२००० पैसा बालाइ पठाउने गरेको थिए । यसरि नै ५/७ महिना बित्दै गए ।  मैले पठाएको ६ महिनाको पैसाले बाले ५ लाखको ब्याज तिर्नु भएछ फेरी चाडवाड आउदा ऋण खोज्नु पर्ने झझट  भने केहि हद सम्म टरेको थियो । अलि अलि चुलबुले हुनाले म अरुले सिकाएको काम छिटै सिक्थे ।  त्यसैले गएको १ वर्ष पछि म कार्टुन बोक्ने काम छाडेर १०० रिंगेट बढी तलव आउने मेसिन चलाउने काम गर्ने थाले । 
दुर्भाग्य भन्यौ या के भनु काम गर्दा एक दिन मेरो हात काट्यो  र म काम गर्न नसक्ने भए त्यस पछि मेरा सारा  सपना चकानाचुर भए मलाइ कम्पनिले घर पठाउने भयो तर मैले घरमा पिर पर्ला भनेर  केहि नभनी सिधा घर आए ५ लाखमा बल्ल एक लाख तिरेको थियो अझै तिन लाख पचास हजार ऋण तिर्न बाकि थियो मेरो यो हालत देखेर घरमा सबै दुखि हुनु भयो बिस्तारै बिस्तारै म ठिक हुदै गए ऋणको ब्याज भने बढेको थियो ऋण तिर्न नसकेर बाले अर्चेले खेत बेच्नु भयो ।  हात ठिक भए पछि म फेरी विदेश जाने चक्करमा काठमाडौँ आउने जाने गर्न थाले१०  सालको बीचमा म कतार ओमन मलेसिया गरेर चाहारी रहेको छु पुराना ऋण तिरियो  ऋण लागेर बेच्न परेको खेत जस्तै अरु जमिन पनि किनियो आज परिवार खुसि छ विबहा पनि गरे एक छोरा एक छोरी पनि छन् तर म परिवार सग नबसेको आज १२ वर्ष भएछ मैले जसरि मेरा सन्तानले विदेश जान नपरोस दुख गर्न भनेर सधै चिन्ता गरि रहन्छु  भोलिको  भबिष्य सम्झेर तर  के गर्नु मान्छेको जिन्दगिको बाध्यताको पाहाडहरु अझै कति छन् छन् यो प्रदेशमा बस्नु पर्ने दिनहरु ......... 

                                               

1 comment:

खांट्टी कुरा said...

लोकतन्त्रमा हुने नै यस्तै हो !