ब्लग सिक्न प्रयास गर्दैछु जे पोस्ट गर्छु ति सबै मेरो निजि बिचार हुन् -राममणि अधिकारी
Tuesday, February 14, 2017
स्मरणमा हाम्रो हजूरआमा ।
भगवान् गौतम बुद्दको भनाइ छ "संसारमा सबै चीज नास्तिक छन" तर ती बस्तु प्रति मानिस माया र मोह राख्छ जब त्यों चीज नास्तिक भएर जान्छ मानिस
पीड़ामा रुमलिन्छ हो। यी सारा कुरा सुनेर बुझेर पनी आफुलाइ यी समस्या पर्दा भोग्न
बाध्य पारी दियो दैवलेहजूरआमाले हामीलाइ छाडेर संसारबाट बिदा लिनु भएको आज करिब ३ महिना
हुन् लाग्यो मानिस
जन्मन्छ
अनी
मर्छ यो त प्रकृतिको नियम नै हो । तर हजूरआमाले दिनु भएको नैतिक शिक्षा
जिन्दगीभर अमिट रही रहने छ ।हजुरआमा बिते पछि म प्रदेशबाट घर पुगे घर बसाइको
सम्पुर्ण समय हजुरआमा बस्ने पिडि खाट तिर घरि-घरि गइ रहन्थ्यो हेरी रहन्थे
हजुरआमा बिते झैँ कहिले लागेन भुकुम्पले घर भत्किएको भए पनि पिडि घर भित्र सबै
पुरानै थिए। हजुरआमा बितेको
केहि दिनमै यी स्मरणका शब्द लेख्न मन थियो तर भ्याइन भानु कि लेखिनभनौ यस्तै भयो ।
हजुरआमाको धर्म प्रतिको
आस्था कति थिए बयान गर्न सक्दिन औशी पुर्णिमा एकादशी तुलसीपुजा होस् वा हिन्दु
धर्ममा गर्नु पर्ने कयौ कर्म हुन हजुरआमाले भने पछि सबैलाइ मान्य हुन्थ्यो ।
हजुरआमाले जीवनभर सन्तानको सुखमा खुसि हुने व्यक्त गर्नु हुन्थ्यो बा हजुरआमाको
एक्लो छोरो हामि बा का दुइभाइ छोरा हजुरआमा सधै भन्नु हुन्थ्यो एउटा छोरा पाएको
थिए ३ ओटा भए र वहाले बालाइ भन्दा मलाइ र भाइलाइ धेरै माया गर्नु हुन्थ्यो आफैँले
श्रृष्टी गरेको घर ४० वर्ष नहुदै श्रीमान् बित्नुको पिडा कति थियो होला हजुरआमालाइ
जंगल घास काट्न जादा लडेर लागेको ति चोट कति थिए हजुरआमाकोजिन्दगिभर हामिले कयौ
प्रयास गर्दा समेत हजुरआमाले जुत्ता चप्पल लगाउनु भएन र ब्रसले दात माझ्नु भएन
दात सगै अगारले माझ्नु हुन्थ्यो तर आजका अनेक प्रकारका मन्जनले माझेको भन्दा सेता थिए दात जीवनको अन्तिम समय सम्म वहाका सबै दात सौला थिए जिन्दगिको अन्तराल सम्म उहाको इच्छा थियो नातिहरु सगै हुदा मर्ने र
कान्छो नातिको विबहा हर्ने तर उहाको यो इच्छा भने पुरा हुन सकेनआफ्नालाई भन्न मनलागेको
कुरा भन्न समय कुर्न हुँदोरहेनछ । हो आफ्नो भनेको आफ्नै हुन्छ भने झैँ
हजुरआमाको जिन्दगिको अन्तरालमा बुहारी अथवा मेरो आमा सग धेरै नजिक हुनु भयो छोरी
जस्तो गर्नु भयो जुन हजुरआमाले हाम्रो लागि जिन्दगिभर यादगार बनाएर जानु भयो
हजुरआमाको आशिर्बाद पाएर आमाले भन्नु हुदा मन प्रसन्न हुन्छ।हजुरआमाले
जिन्दगि स्कुल जानु भएन तर घर छेउकै ५ सम्म पढाउने स्कुलमा बच्चाले पढेको सुनेर क
ख ज्ञ सम्म अघि पछि गरेर र १ देखि १०० सम्म गन्न सक्नु हुन्थ्यो त्यो पनि मलाइ म
आफै ८/९ तिर पढ्ने बेला थाहा भयो अचम्म लाग्छ सानो उमेरमा स्कुल जान पाउनु भएको भए
मेरो हजुरआमा कस्तो हुनुहुन्थ्यो होला भनेर रोगि लोग्ने को श्रीमती त्यस माथि ४०
नपुग्दै श्रीमान् गुमाउदाको पिडा हजुरआमालाई कति बोझ भयो होलान तर उहाले आफ्ना ४
छोरी र १ छोरालाइ जसरि तसरी हुर्काउनु बढाउनु भयो विबहा गर्नु भयो छोरा र छोरी पटि
समेत गरेर २ दर्जन त् नाति पनाति छन् हजुरआमाको धर्म ग्रन्थका ति मन्त्र सबै
हजुरआमाको मुखबाट सुनेर अझै कण्ठ छन् मलाइ कयौ आपतमा पर्दा समेत हजुरआमामा कत्रो
आट थियो आफु ६०/६२ हुदा समेत बालाइ ५/६ बर्षको जस्तो गरेर राख्नु भयो हजुरआमाले
जहिले पनि पिडामा भन्नु हुन्थ्यो "हुने कुरा हुने नै छ हे इश्वोर चाहे म
मर्छु नै भनि" यो शब्दको अर्थले मलाइ पल पलको पिर सग जिउन सिकाउछ सधै भरी
जिन्दगीभर मलाइ सत बाटोमा हिड्न सिकाउछ थाहा छैन हजुरआमा हजुर कहा हुनुहुन्छ आशा छ
हजुर पक्कै स्वर्गमा हुनुहुन्छ जहा भए पनि सधै हाम्रो स्मरणमा रही रहनु हुने छ..................................
No comments:
Post a Comment