ब्लग सिक्न प्रयास गर्दैछु जे पोस्ट गर्छु ति सबै मेरो निजि बिचार हुन् -राममणि अधिकारी
Monday, October 10, 2016
अरबबाट दशैँ सम्झदा l
-राममणि अधिकारी
साउदी अरबअरबको सबै भन्दा ठुलो देशयो घाममा मरी-मरी
डेढेर पसिनामा भिजेर भबिस्यमा सुन्दर घर बनाउने र सितल जिन्दगी
बिताउने अबिलाषामा ५ लाख भन्दा बढी नेपालि पसिनाको साथ् साथै आशु बगाउने बाध्य छन्
l बर्षको २ चोटि अर्थात् दशैँ र तिहारमा अक्सर घरको यादमा नकाल्पिने नेपालि
भेट्न गार्हो हुन्छ lबद्रि पंगेनीको गित आमा बिदा पाउदिन अहिलेको दशैंमा आमा घरमा आउदिन प्रदेशमा
प्रदेशीले दशैँमा धेरै सुन्ने गित हो lपंगेनीको गित सुन्दै एकजना साथि भन्दै थिए ढुङ्गाकै मन
हुनेको पनि आँखा रसाउछ यो गित सुन्दा ।दशैँको आगमन अशोजको बिहानी चिसो चिसो हावा बिहानी पख सीतको
थोपा पातमा लुकामारी खेलेको अनि कलिलो घाम लाग्थ्यो । त्यहि ओसिलो पातमा टल्केको
देख्दा मन हार्षित हुन्थ्यो तर
जन्मभूमीबाट टाढा रही कर्म थलो यो खाडि भूमिमा बसेर देशैको अनिभुती गर्दा मन खै कता कता हराए जस्तो हुदो रहेछ ।
आफ्ना साथीहरुले दशैँको शुभकामना गरेको देखेर झस्कन्छु खोइ आज परिवार सग दशैं
मनाउने सौभाग्य नपाएको करिब ८ वर्ष भएछ। सोच्दछुम जस्ता लाखौ नेपालीहरु म जसरी नै कयौ
दशैँको अनुभूति खाडीबाटै गर्दैछन् म जसरी ८ वर्ष मात्र होइन २७ वर्ष सम्म खाडीमा
श्रम गर्ने नेपाली भेटेको छु मैलेतर ति तमाम नेपालीहरु रहरले होइन बाध्यताले आफ्नो उर्जाशिल समय पुरै खाडीमा
बिताउन बाध्य छन् ।लाग्छ उनीहरुलाइ
अहिले चाडपर्वको अनुभूति नै हुन छाड्योहोला जीवनको २० औ वर्ष सम्म अर्काको मुलुकमा रगत पसिना बगाएको
पिडा हाम्रो सरकारले न कहिल्यै बुझ्यो न त् प्रयास नै गर्यो।हो पक्कै देश छोडेर प्रदेश बस्नुको पिडा सबैमा छ मात्र यसलाइ सामान्य रुपमा लिनुको
बिकल्प के नै छ र ? घरमा परिवारलाइ अर्को दशैँमा घर आउछु भनेर ठाटेको पनि धेरै बर्ष भयो र यो बर्ष
पनि दोहोरियो l परिवारलाई विदेश गाएकाआफ्ना सन्तान दशैंतिहारमा घर आइदिए हुन्थ्यो जस्तो लाग्छ ।
अनि, हामी परदेशमा पसिना चुहाइरहेका दुखि सन्तानलाई
चाडबाडमा परिवार भेट्न नपाउँदा दुःख लाग्छ । नलागोस् पनि कसरी ? बल र बैंस छँदासम्म परिवारबाट टाढिनुपर्ने, बुढ्यौलीले छोपेपछि परिवारको खोजी गर्दै देश फर्कनुपर्ने ।
व्यक्त गरेर ब्यक्तै गर्न नसकिने यी पिडा छन् लाखौ नेपालीको lसानो कोठामा दुइतले फलामे खाट माथि सुतेर देखेका यी कयौ
सपना भन्दा पनि कहाली लाग्दो छ हामि जस्तै कयौ नेपालीको लाश यहि दशैँ तिहारको
समयमा पनि आउदै छन् हासो र रोदनको यी सबै त्रिबेणी हेर्न धेरै टाढा पुग्ने पर्दैन
त्यहि सिनामंगल एयरपोर्ट बाहिरि गेटमा आएर हेरे पुग्छ l पैसा कमाउन विदेश पसेको छोरो बाकसमा लाश बनेर आउदा समेत
यस्ता पर्व मान्नै पर्ने अभिभावक कयौ छन् l केहि दिन अघि
यस्तै समाचार बन्यो जिउदो हुदा पैसा कमाउन
नसकेका उनि लास बनेर पैसा लिएर आए l यस्ता खबर अरब र मलेसियाबाट नेपाल आउने क्रम झन् झन् बढ्दै छ यी घटना सुनेर प्रदेशमा आशु
झार्ने प्रदेशी सधै यस्तो समाचार आफु बन्नु नपरोस भनेर धेरै पुकार गर्दैछन् l
चाडपर्वहरुसादा जीवनलाई रंगिन बनाउन जीवनमा एउटा अनौठो रंग बोकेर आउँछन्। त्यसमाथि पनि
महान चाड दसैं बिछोडमा मिलन लिएर आउँछ।
गाली गलौजका ठाउँमा आशिर्बाद ल्याउँछ।
धुलो मैलो र हिलो को सट्टामा सुन्दर मौसम लिएर आउँछ। गर्मि घटेर धेरै जाडो पनि
ल्याउदैन कति मज्जा ल्याउछ हो यदि दशैँले एउटा नयापन पक्कै बोकेर आउछ l तर नियतिले ठगेको भन्ने वा अरु केहि प्रदेशमा दुख पाएर दुखि
जीवन बिताउने नेपालि लाखौ छन् l पुराना दिन
सम्झेर ल्याउदा दशैँ आउदा स्कुलको ड्रेस नै किन नहोस कति मज्जा लाग्थो लगाउन यी
सबै कुरा सम्झेर यो मरुभूमिमा जिन्दगी बिताउन थालेको आज करिव ८ वर्ष हुन् थालि
सक्यो र जारि छ l यी तमाम कुरा झन् झन् ताजा हुनु नै पर्व चाहिने
होइन चाहि होइन lअझ छुट्टिमा घर आउदा परिवार र ति साना
नानिले नौनी जस्तो कमलो र कलिलो हातले
मेरो आँखाको आँसु पुछिदिदाको क्षण चाड पर्वको बेला झल् झल् आउदो रहेछ lऔसत नेपालीको
भनाइ मान्ने हो भने देशमा काम गर्ने माहोल छैन l तर पूर्णरुपमा यो नै सबै कारण भने होइन तर
देशको स्थिति बारे हामि सबैले जानेकै छौ l २०/२१ मा खाडि छिरेको केटो आज ४४/४५ हुदा सम्म यहि खाडिमा पसिना बगाउदै छ र उ
आफै जान्दैन अझै कति बर्ष यसरि नै यो मरुभूमिमा रगत पसिना बगाउनु छ भनेर अबिबाहित
प्रदेशी भएको उ आज हजुरबा हुदा सम्म प्रदेशमै छ l छोराछोरीबाट गरेको आशा पुरा नहुदा उ सग निराशको
सिमाना कयौ छन् l नेपाल फर्केर के काम गर्ने,खाइ आएको यत्रो तलव कसरि छोड्नु, परिवारको समस्या पुरा गर्दै जादा मास्टर गरेको
सन्तानको भबिस्य बारे समेत चिन्ता गर्ने बाध्य छन् प्रदेशमा उनको अभिभावक कयौ
मास्टार सकेकाले समेत काम पाउन सकेको छैनन् देशमा
l कयौ बर्ष बिदेसिनुको पिडा हरेक वर्ष दशैँ-दशैँमा यसरि
व्यक्त गर्ने नेपालीको संख्या हजारौ छ l दशैँ हाम्रो एउटा
सस्कृत मात्र हो जुन हरेक बर्ष आउछ जान्छ तर पनि प्रदेश हिड्ने नेपालीको संख्या
दिन दिने बढेको पाइन्छ देशमा रोजगारको प्रत्याभूति नहुनु र आफ्नो योग्यता अनुसार
काम नपाइनु ले यो संख्या झन् झन् बढेको छ l आउदा दशैँहरुमा
देशमा शान्ति सुरक्षा रोजगारिको
प्रत्याभूति भएको र प्रदेशमा दुख गर्ने नेपाली नेपाल फर्केर केहि गर्ने बाताबरण
बनोस l पर्व आउने जाने त् भइ हाल्छ यो २/४ दिनको भावनाले दुखु हुनु पर्छ भन्ने त्
होइन l म प्रदेशी बन्नाले नै मेरो घर परिवारको गर्जो चलेको छ भनेर खुसि हुनुपर्छ नेपालि चलचित्र प्रदेशी नभनमा व्यक्त भएको गित
जसरी घरको माया लागेर पो प्रदेशीयको हजुर ..... सम्पूर्ण घरदेशी र परदेशी नेपालि
दाजुभाइ दिदिबहिनीहरु लाइ बिजयदशमीको धेरै-धेरै शुभकामना ll
No comments:
Post a Comment