Thursday, November 19, 2015

प्रदेशमा बिरामी पर्दा

कल्पनाको महलमा रमाउन  भनु वा घर परिवार धान्न  आज प्रदेश बस्न थालेको करिब करिब ६ बर्ष

 भएछ । सानो सपना पुरा गर्ने  बहानामा परदेश बसाइ  अझै बढ्दै छ । हिजो सम्म अविवाहित हुदा पुरा नभएको प्रदेश बसाइ बिवहा पछि झन् लम्मिने सम्भावना धेरै छ र चलिरहेकै छ । प्रदेसमा हुदा घर परिवारको याद आउनु त स्वाभिक नै हो आफु सन्चो राम्रो हुदा । २/४ साल विदेश बिताउनेहरुलाइ  विदेश बसाइ बानि परि सकेको हुदो रहेछ । म आफैले  पनि प्रदेसमा बसेर ५/५ ओटा दशैँ र तिहार परिवार बिना मनाएको छु भनौ भोगेको छु साउदी अरबमा यो अलि आफ्नो तरिकाले मनाउन सक्ने स्थिति छैन । विगत जसरि नै यो पालिको दशैँ  २०७२ रमाइलो नै भयो टिकाकै भोलिपल्ट  शुक्रबार परेको थियो भने तिहारको भाइ टिका पनि शुक्रबार नै परेको थियो ।  टिकाको  दिनमा  दिदि कोरियामा रहेको भाइ बिष्णु  र घरमा फुपू दिदिहरु सग कुरा भयो  । चित्त बुझाउनु नै त् हो प्रदेशमा त्यसै दिन मेरो दशा  लागेको रहेछ सामान्य रुपमा कल्पना नगरेको घटना भयो कोठा नजिकै सिसामा खुट्टा पर्यो र ६ हप्ताको लागि ओछ्यानमा बस्नु पर्ने भयो ।  बिगतमा पनि सामान्य बिरामी नपरेको होइन र सामान्य बिरामीलाइ बिरामी नठान्ने  म आज ६ हप्ता सम्म ओछ्यानमा पर्दा गारो पक्कै छ फेसबुकमा फोटो हालेर सबैलाइ थाहा दिएर  sympathy  जम्मा गर्न मन पनि लागेन  अझै घरमा थाहा दिदा उता बाट धेरै पिर गर्नुहुन्छ त्यसैले  आफैले बनाएको ब्लगमा लेख्ने बिचार गरे अतितको बारे भबिस्यमा आफ्नै अतित सम्झदा अर्कै महसुस पक्कै होला  ।



मिति २०१५/११/१३ 


No comments: