पैसा कमाएर घर परिवार सुखी खुसि र सम्पन्न पार्ने आसामा साउदी आउने म जस्ता कयौ नेपालिलाइ यो कथा नया नलाग्न पनि सक्छ l सेल्स क्षेत्रको काम पसल पसल चार्दै हिड्नु पर्ने भर्खर दशैँ सकिएको घरको यादले सताएको ह्याङ्ग ओभर अझै बाकि थियो l ३ बजे तिर मार्केट छिरेको के थिए सल्ला-सल्ला अथवा नवाज पढ्ने समय भो भनेर मार्केटको ठुलो स्पिकरमा भनिंदै थियो l साउदीमा दिनको पाच पटक सल्ला अथवा नवाज पढ्ने समयमा मार्केट बन्द गर्ने गरिन्छ l अल्छी गरेर एक बट्टा चुरोट किने त्यो पनि सबै भन्दा सस्तो गोल्डलिफ अज्रक (निलो) चुरोटको भाउ बढेर म अझ सस्तो मुल्यको चुरोटमा झरेको थिए l आखिर धुवा नै उडाउन त् हो साथमा एउटा हाम्जियत अथवा मिरिन्डा चुरोट पिउनेलाइ नै थाहा हुन्छ l चिसो पिउदै धुवा उडाउनुको मज्जा त्यत्तिकैमा मैले सुनेको र सगैको साथि सम्मले भोगेको जस्तै कथा दुइ लाख रियालको लट्री मलाइ परेको जानकारी एक जना सायद भारतीय वा पाकिस्तानी नागरिकले फोन मार्फत मलाइ जानकारी गराए l म झसंग भए र सोधे आप कौन हे ? उसले भन्यो मे आपको जेन से कल कर रहा हु ! जेन मैले साउदीमा प्रयोग गर्ने गरेको मोबाइलको दुरसंचार कम्पनी हो l मैले फेरी अप्ठ्यारो मान्दै सोधे लेकिन कैसे मुझे २ लाख रियाल मिलगया ?उसले भन्यो ए आपका नसिब हे बिस्तारमा उसले भन्यो जेन कम्पनीले आफ्नो ग्रहाक मध्येबाट एक जना भाग्यशालि ग्राहाकलाइ २ लाख रियलको पुरस्कार दिने निर्णय गरेको र गोला प्रथाबाट मेरो नम्बर अर्थात म बिज्जेता भएको जानकारी गरायो l
