Friday, November 20, 2015

झोलामा सती प्रथाको बारे केहि जानौ


कृष्ण धारावासीले लेख्नु भएको पौराणिक कथालाइ  आधार मानेर बनाइएको   झोला फिल्म अनलाइनमा प्राप्त हुन थालेको छhttps://www.youtube.com/watch?v=tvSSDYsOHxw  चलचित्र हेर्न यो लिंकमा थिच्नुहोस्  करिव डेढ घण्टाको यो फिल्मले महिलाहरुप्रति धर्मको अडमा हुने अत्याचारको एउटा झलक प्रस्तुत गर्दछ । कृष्ण धारावासीको उपन्याश "झोला" मा आधारित यो फिल्म दर्शनीय रहेको छ । सामन्तवादी हिन्दु समाजका कथित उपल्लो वर्ग समुदायका महिलाहरुले विगतमा भोग्नु परेको पीडा पर्दामा अभिव्यक्त भएको छ । फिल्म हेर्दा जो सुकैको पनि आँखा रसाउँछ । लेखक निर्देशकहरुको परिकल्पना प्रशंसायोग्य रहेको छ । सवै कलाकारहरुको भूमिका कलात्मक रहेको छ ।
गुप्तकालीन भारतमा शुरु भएको सती प्रथा लिच्छवी कालमा नेपाल प्रवेश गरेको थियो । यही समयमा सामन्ती सँस्कृति मौलाउन शुरु गरेको हो । सत्तरी वर्षका बुढाले सात वर्षकी कन्या पनि विवाह गर्दथे । कन्यादानलाई सवै भन्दा महान र उत्तम दान मानिने सँस्कारको विकास भयो । समाजमा महिलाहरुलाई नानी पाउँने मेसिन र भोगविलाशको वस्तु मानियो । धेरै पत्नीहरु जुटाउन सक्ने पुरुषलाई मर्द (बहादुर) मानिन्थ्यो । भगवान शब्दको एउटा अर्थ त धेरै श्रीमतीहरुको पति भन्ने पनि लाग्छ ।एकल महिलाहरुले अधिकार प्राप्तिको निम्ती आवाज उठाउन नपाउन् भनेर उनीहरुलाई लोग्नेको लाशसँगै ज्युँदै जलेर मर्नु पर्ने नियम बने । अघिल्लो युगको मात्रृसतात्मक समाजमा महिलाहरुको इज्जत र हालिमुहाली रहेको कुरा सुनेका महिलाहरुले अधिकार माग गर्ने सम्भावना पनि थियो । सती गएकी महिला स्वर्गमा पतीसँगै बस्न पाउँछे भनियो । र खासगरी उपल्लो जात मानिने व्राह्मण क्षेत्री परिवारका महिलाहरुलाई सती जान अनिवार्य वनाइएको थियो । मृत्यु पछि पनि पुरषलाई खानेकुरा र भोग गर्ने वस्तु (पत्नी) आवश्यक पर्छ भन्ने विश्वास उत्पन्न गराइएको थियो । स्थापित शासन सत्ताको विरोध गर्न वर्ग शत्रुहरुलाई थुनेर ठेगान लगाउनको निम्ती जेल खानहरु वनाइए । महिलाहरु त थुनिन पनि नपाउँने भए । जीउँदै जलेर धर्म पालन गर्नु पर्ने भयो । धर्मको नाममा महिलाहरुको बाँच्ने अधिकार पनि हरण भयो ।
फ्रान्सेली इतिहाँसकार सिल्भाँ लेभिले हिन्दु अधिराज्यको इतिहास नामक पुस्तकमा लेखेका छन "लोग्ने मरेपछि लोग्नेको लाशसितै स्वास्नी मान्छेहरु ज्युउँदै पोलिन्छन । यसलाई सती प्रथा भनिन्छ । अधिकांश विधवाले म सती जान्न भने पनि अभिभावकलहरुले कर लगाएर नै सती पठाउँछन् ।" सँस्कृतिविद् निनु चापागाँई लेख्नछन् "पुरुषको अनुगामिनीका रुपमा प्रतिछाँयासरह नारीलाई हिडनु हिन्दु विवाह पद्धतीले सिकाउँछ । सती प्रथा यसैको चरम रुप थियो ।"
नेपालमा जनस्तरको इतिहास लेखिन शुरु भएको छैन भने पनि हुन्छ । इतिहासकारहरु राजामहाराजाहरुका दरवार वरिपरि परिक्रमा गर्दै आएका छन् । नेपालका राजाहरुले शास्त्रका ज्ञाता मानिने विद्धानहरुलाई दरवारमा पालेर आफ्ना वंशावली लेख्न लगाउँने गर्दथे । यस्ता ९ जना विद्धानहरुको समुहहरुलाई नवरत्न भनिन्थ्यो । राजा मर्दा जति धेरै रानीहरु र रवौलीहरु सती गए त्यो राजाको त्यती बढी महिमा गरेर इतिहास लेखिन्थ्यो ।
काठमाण्डाँैका राजा प्रताप मल्लसँग ३५ वटी महिला सति गएको इतिहासमा पाइन्छ । त्यसैगरी नरेन्द्र मल्ल सँग १० वटी र गोरखाका राजा नरभुपाल शाह मर्दा १ वटी र पाटनका योग नरेन्द्र मल्ला सँग ३३ वटी, भक्तपुरका रुद्र मल्लासँग ४ वटी, पृथ्वी नारायाण साहसँग एउटी रानी, २ वटी भित्रेनी र ६ वटी सुसारे गरी ९ जना महिला सती गएका थिए । प्रताप सिंह शाहका १ रानी, २ मित्रेनी र ६ वटी सुसारेहरु सती गएका थिए । एक महिनाकी सुत्केरी उनकी एउटी सुसारेलाई पनि घिसार्दै सती पठाइएको थियो । विर्गाणयुद्ध विर विक्रम साह सँग १ र जंगवहादुर राणाका रानीहरुलाई करकापमा पारेर सती पठाइएको थियो ।
मृत्यु भनेको चोला बदल्नु  हो । आत्म अमर छ । तसर्थ धर्मात्मा पतिपन्तीहरु स्वर्गमा सँगै निवास गर्ने भएकोले इश्वरले उनीहरुलाई सहकार्यको वातावरण उपलव्ध गराइदिएको छ भन्ने प्रचार गरियो । सुधारवादी भनिएका राजामहाराजाहरुले पनि धर्म खलबलिन्छ  भन्ने वहानामा सती प्रथा उन्मुलन गर्न चाहेनन् । राजा राजेन्द्रले १२ वर्ष मुनिका विधवालाई सती जान नपर्ने नियम बनाए पनि पूर्ण निषेध गरेका थिएनन् । दरवारको राजनीतिमा हस्तक्षेप गर्न सक्ने महिला प्रतिदन्द्धीलाई दवाउन र कमजोर गराउन पनि सती प्रथा अनिवार्य गरिएको थियो । भिमसेनथापाले रण बहादुर शाहकी रानी राजराजेश्वरीलाई सती जान वाद्य वनाएका थिए ।
जंगबहादुर राणाले आफ्ना नातेदारहरुमा यो अमानवीय प्रथा हटाउने प्रयास गरेको विद्धानहरुले उल्लेख गरका छन । उनको पालमा १६ वर्ष भन्दा मुनकिी विधवा वा १६ वर्ष उमेर नपुगेको छोराकी आमा सती जान नपर्ने नियम बनाए । पाँच वर्ष मुनिकी छोरीकी आमा वा दुई भन्दा बढी लोग्नेकी स्वास्नी भएमा पनि सती जान नपर्ने भयो । गर्भवती या सुत्केरी अवस्थामा पनि सती जान नपर्ने गराए । सम्भन्धित विधुवाको मालिकले सती जान वाध्य पारेमा ६ वर्ष कैद र सम्पत्ती हरण हुने भयो । सती जान खोज्ने महिला व्राह्मण भएमा जन्म कैद र अन्य भएमा सर्वस्व हरण सहित मृत्यु दण्ड दिने कानून बन्यो ।
विधुवा विवाहको अुनमति नभएको समाजमा एकल महिलाहरुको अवस्था दयनीय नै हुने गथ्र्यो । सती नगएकाहरुलाई शारीरिक सुखभोगको लालसा त्यात्न नसकेकी चण्डाल्नीको आरोप लाग्ने गर्दथ्यो । मर्नु भन्दा वहुलाउन निको ठानेर सती नगएकाहरुको न समाजमा इज्जत हुन्थ्यो न त सुखी जीवन नै । छोरी पाएका वुवा आमाहरु ७२ महिना उमेर पुगेकी छोरीको विवाह वुढासँग पनि गरिदिन तयार रहने जमानामा कुनै पनि पुरुष सामान्यतया पुरुष राँडी र चण्डाल्नीको पोइ वन्न तयार पनि हुँदैनथ्यो ।
सती प्रगथासँग धार्मिक आस्थाको अतिरिक्त आर्थिक  कारण पनि गाँसिएको हुने गथ्र्यो । सती पठाए पछि विधुवालाई जीवनभरि लाउँन खान दिएर पाल्न पर्ने पनि भएन । अंश दिनु पनि परेन । जग्गा जमिन टुक्रिने भएन । ठूलो पाटो या ठूला खेतको धनी रहन पाइने भयो ।
भारतबाट सुरु भएको सती प्रथा भारतमा समाज सुधारकहरुको प्रयासले उन्मुलन भए पछि नेपालमा पनि सकारात्मक असर प-यो । भारतमा समाज सुधारक राममोहन जस्ता व्यक्तिहरुले सति प्रथा उन्मुलन सम्वन्धमा उठाएको आवाज व्रिटिस शासकहरुले वेलायतका वादशाह समक्ष पुराएर संसदले कानुन वनाएर सती प्रथा खारेज ग-यो । सती जान उक्साउने र जान खोज्ने दुवैलाई दण्ड सजाय हुने कानूनी प्रावधान राखियो ।
सामाजिक कुरितीहरु हटाउँन आवाज उठाउनेहरु प्रति नेपालका राणाहरु सहनशील नहुदानहुदै पनि अग्रेजहरुको सिको गरेर राणा प्रधानमन्त्री चन्द्र समशेरले वि.सं. १९८१ सालमा समयको दवावमा परेर  सती प्रथा दण्डनीय करार गरे । उच्च घरानिया नेपालीमहिलाहरुलाई ज्यूँदै जल्नु पर्ने अवस्थाबाट मुक्त गराए । धेरै दुर्गुणहरु भएर पनि चन्द्र शमशेर राणा यस अर्थमा सुधारवादी शासकको रुपमा सम्झना गरिने मध्यमा परेका छन् ।
-विभिन्न वेभहरुको सहयोगमा 


No comments: