Showing posts with label दस्ताबेज. Show all posts
Showing posts with label दस्ताबेज. Show all posts
Tuesday, February 14, 2017
Thursday, January 14, 2016
तारुकाको गोरु जात्रा सग जोडिएको मेरा अतित
तारुकामा गोरु जात्रा हुने ठाउ भन्दा मेरो घर करिब २५ मिनेटको दुरीमा पर्छ । गोरु जात्रा कहिले देखि सुरु भयो भन्ने ठ्याक्कै बालाइ सोध्दा पनि थाहा छैन भन्नु हुन्छ । म आफु बुझ्ने भए पछि घरमा हुदा सम्म अथवा १० कक्षा पढ्दा सम्म हरेक सालको गोरु जात्रा मेरो लागि प्रतिक्षाको बिषय हुन्थ्यो । २ कक्षामा पढ्दा बा सग ३ रूपया लिएर मज्जा सग माघे सक्रान्ति मनाएको अझै ताजा छ । बाले कहिल्यै एक्लै जान दिनु हुन्न थियो बाको काधमा बसेर गोरु जुधेको हेर्दा आफु ६ फिट अग्लो भएको भान हुन्थ्यो । मैले आफ्नो बालापन देखि बाबाट पाएको माया सधै ताजा छ आज बा बच्चा जस्तो हुने बेला भएको छ भने बा जस्तो जिन्दगिको हरेक गतिबिधि सग बाले दिनु भएको माया हरेक पल ताजा छ । हिजो जाडो हुदा बाले मेरो खुट्टा च्यापेर जाडो भगाउनु हुन्थ्यो । आज म परिवार सग साथमा नभए पनि आफ्नो छोरी सग यस्तै अभिनय गर्छु । अनि भन्छु तिमिहरु पनि गोरु जात्रा हर्ने जाउ है बाले काधमा हालेर तिमिलाइ गोरु जुधेको देखाउनु हुन्छ । गोरु जात्रा सग २०५७/५८ साल अझ यादगर बनेको छ हामि दाजु भाइ र साथि बिष्णु र माधव हाम्रै उमेरका साथिले बिना कारण झगडा गरेर लखेटेको समय समझदा अहिले आफैलाइ अचम्म लाग्छ खै ति हामिलाइ लखट्ने ति साथिहरुले यी कुरा भुले कि सम्झदै छन् ?
फोटो साैजन्य: गुगल
Subscribe to:
Posts (Atom)
