Wednesday, October 8, 2014

साउदी अरबमा राजदूतावास, एनअारएनए र पीडित नेपाली

साउदी अरबमा राजदूतावास, एनअारएनए र पीडित नेपाली

-राममणि अधिकारीक्षेत्रफ़लको हिसाबले साउदी विश्वको १३ अाैं ठूलो देश हो । जहाँ करिब पाँच लाखको हाराहारी संख्यामा नेपाली कार्यरत छन् । साउदी अरबमा एनअारएनए सदस्य संख्या करिब तीन हजार छ  भने बिभिन्न राजनीति पार्टीको भातृ संगठनहरु पनि छन्  । उनीहरु सबै नेपाली श्रमिक सेवाको लागि संगठन भन्न छुटाउँदैनन् ।देशको राजधानी रियादमा  नेपाली राजदुतावास छ भने दोस्रो सहर जेद्धामा महावाणिज्य दूतावास छ । अर्को ठूलो सहर दमाममा नेपाली राजदूतावासको कर्मचारीसमेत खटाएको छ । तर पनि साउदी अरबमा श्रमिक समस्या जस्ताको तस्तै छ ।





एनअारएनए भित्रको अन्तरिक कलहसाउदीमा करिब तीन हजारको हाराहारीमा एनअारएनए सदस्य छन् । जुन संख्याको आधा संख्या २०१४ मा मात्र बनेको हो  । पासपोर्ट सहजीकरणलार्इ मूल नारा लिएर खास गरि ताबुक र अलकासिम  क्षेत्रमा पासपोर्ट बनाउने सेवासगै एनअारएनए सदस्य थप्ने भित्रि चाल एनअारएनए साउदीले लियो । सदस्य संख्या १२ सयको हाराहारी पुग्दासम्म केन्द्र चुप बस्यो । पछि यी क्षेत्रहरु सदस्य संख्याको आधार बनाएर आफू नेतृत्वमा पुग्नुपर्ने माग राखे तर केन्द्रले अनेक चालबाजी गरेर ति क्षेत्रहरुलार्इ आर्थिक हिनामिनाको दोष लगाएर अघि बढ्न दिएन ।तर पनि उसले  साउदीका मुख्य सहरसहित  उत्तरमा १५ सय किलोमिटर ताबुक ६ सय किलोमीटर उत्तरपूर्वी  सहर हाफर अल वतन र ४ सय ५० किलोमीटर उत्तरपश्चिम अल कसीममा समेत आफ्नो क्षेत्रहरु विस्तार गरेको छ  । यतिको क्षेत्र समावेश  भएको एनअारएनए आफैमा मिल्न सकेको छैन, जसको केन्द्र र क्षेत्रबीच सुमधुर सम्बन्ध छैन ।
                                                                     "एनअारएनएभित्र आफ्नै गुट छ,                                                                       जो देखा पर्दैन तर सबै काम आफै गर्छ,                                                                       जसले कुनै व्यक्तिलार्इ जुन सुकै बेला
                                                                   पनि हटाउन पनि सक्छ "।
केन्द्र आफूले भनेको मान्ने योग्य होस् या नहोस् पदमा ल्याउन खोज्छ जो आफ्नै बुद्धि र बिबेकले केहि गर्न सक्दैनन तर पनि उसले केन्द्रले गरेको जे पनि मान्छ कति सम्म भने गत मे महिनामा एनअारएनए महाधिबेशन भयो त्यो कुनै पनि संचार माध्याममा समाचार बन्न सकेन  किन कि यो जनता सम्म पुर्याउदा हाँस्यास्पद हुन्छ भनेर उसले यो मिडियामा ल्याउन चाहेन । निर्वाचन समितिले प्रकशित गरेका अन्तिम उमेरद्वार सूची भन्दा बाहेकका व्यक्ति समेत नेतृत्वमा आए महाअधिबेशनबाट  सपथग्रहण गरेको ब्यक्ति हटाएर आफूखुशी पदसम्म बाँडियो । एनअारएनएभित्र आफ्नै गुट छ, जो देखा पर्दैन तर सबै काम आफै गर्छ जसले कुनै व्यक्तिलाइ जुन सुकै बेला पनि हटाउन पनि सक्छ ।पदमा पुर्याउन खोज्छ योग्य अध्यक्ष भए उ उसलाई हटाउन सक्छ  अनि अयोग्य अध्यक्ष पदमा ल्याउँछ, अनि आफ्नो हैकम गर्छ । जसको टट्कारो उदाहरण २०१३ -२०१५ को कार्यकालमा निर्वाचित अध्यक्ष पुरुषोत्तम दाश श्रेष्ठलार्इ पदबाट हटाइ ८/१० महिना यत्तिकै चलायो र पछि आफूले भन्नेको मान्ने मान्छेलाइ अध्यक्ष बनायो जुन समूह राजदुतावाससँग कुनै समन्ध जोड्न  चाहदैन, सधैं बिरोध मात्र गरिरहन्छ ।  समस्यामा परेको श्रमिकको समस्यामाथि पुग्न नसकेपछि कसरी समाधान होस् किन कि एनअारएनएले आफै समस्याको हल गर्न सक्दैन । आधिकारिक  निकाय भनेको  राजदुतावास नै हो ।हाल एनअारएनए उसका प्राय सबै क्षेत्र निस्क्रिय छन्  । कोही राजनीति भातृसंस्थामा  सामेल हुन थालेका छन् । कारण एनअारएनए साउदीको अन्तरिक कलह जो आफ्नो विचार नमान्नेलार्इ सस्थामा ठाउँ दिदैन । तथापी  एनअारएनए साउदीले महाभूकम्पका लागि एकजुट भएर गरेको राहत संकलन भने तारिफयोग्य छ  ।एनअारएनए र राजदूतावासबीच शीतयुद्धसाउदी अरबमा एनअारएनए र राजदूतावासबीच शीतयुद्ध धेरै पहिलेदेखि चलिआएको छ । यो भन्दा पहिले एमाले कोटामा राजदूत भएर आएका हमिद अन्सारी आफै मृतक नेपालीको पैसा भ्रष्‍टाचार गरेको काण्डमा परेपछि नेपाल  फर्के । उनीपछि फेरि एमाले कोटमा राजदूत भएर आएका उदयराज पाण्डेले धेरै राम्रो काम गरेका छन् भनेर केही दिन अघि मात्र राष्ट्रपतिको हातबाट सम्मान ग्रहण गरेका छन् ।तर यो गलत हो भन्ने  एनअारएनए साउदीको ठूलै संख्या छ तर पनि राजदूत पाण्डे यो स्वीकार गर्दैनन् । उनकै भनाइ मान्ने हो भने  साउदीको राजदूत नियुक्त भएपछि उनले गरेको कामको फेहरिस्त लामै छ । साउदी सरकारले घोषणा गरेको आममाफी २०१३ को अप्रिलदेखि २०१३ को डिसेम्बरसम्म करिब १० हजार नेपाली घर पठाएको हमिद अन्सारीले बिगारेको सान सपारेको साउदीमा मृत्यु भएका करिब १ सय ५० नेपालीको शव नेपाल पठाएको तथा हालसम्म करिब १ लाख २० हजार एमअरपी प्राप्त भएको तथा राजदुत उदयराज पाण्डेले हालै नियुक्त भएका उपश्रममन्त्री अहमद अल हिमादन्मसँग भेटको साउदीस्थित नेपाली दूताबासले मृतक नेपाली कामदारको शब नपठाउने कम्पनीलाई अधिकतम जरिवाना गरी कारबाही गर्न साउदी सरकारलाई अनुरोध गरेको जस्ता कुरा ब्यक्त गरेका छन् तर यी तमाम बिषयलार्इ   एनअारएनए साउदी मान्न तयार छैन । उनको भनाइ मान्ने हो भने राजदूतावास दलाली र राजनीति अखडा हो ।                                                                  "सम्मान दिदै राजदूत पाण्डे भन्दै थिए,                                                                 यो सम्मान पत्र फेसबुकमा न हाल्नु होला,                                                                भोलिदेखि फेरि बिरोध सुरु हुन्छ । "गत मे मा भएको  एनअारएनए साउदीको महाअधिबेशनसम्म राजदूतावासले उपस्थित जनाएन । त्यसपछि झन् यी दुइ बीचको दरार बाहिर प्रस्ट आयो । त्यसपछि एनअारएनए साउदीले यसबारे खेद प्रस्ताव पारित गर्ने भनेको थियो तर पछि विविध कारणले यो पारित भएन । गत हप्ता राजदूत उदयराज पाण्डेले आफ्नै निवासमा २०१३ को अप्रिलदेखि २०१३ को डिसेम्बरसम्म साउदी सरकारले दिएको आममाफीको क्रममा नेपालीलार्इ घर पठाउन  सहयोग गरेको भनेर धेरै नेपालीलार्इ सम्मान तथा रात्री भोज आयोजना गरे । समग्रमा भन्ने हो भने सो सम्मान नितान्त समावेशी थियो, चाहे कांग्रेस, एमाले वा एमाओवादी वा अरु कोही ।सम्मान दिदै राजदूत पाण्डे भन्दै थिए, यो सम्मान पत्र फेसबुकमा न हाल्नु होला, भोलिदेखि फेरि बिरोध सुरु हुन्छ । यो सम्मानप्रति ९९.९९% सहमत छन्, मात्र ०.१% मेरो सधै बिरोध गर्छ तर त्यो ०.१% को हो भन्ने सबैले बुझे वा बुझेनन् तर त्यो ०.१%  एनअारएनए साउदीको केहि व्यक्ति थिए । जुन राजदुत पाण्डेले भने झैँ १/२ दिनमा फेसबुकमा आहिहल्यो संग्रहमा एनअारएनए र राजदुतावासबीच शीतयुद्धले नेपाली श्रमिक नै पीडित छन् । किनकी एनअारएनए साउदीले इमेलमा मात्र संदेश पठाउँछ ।व्यक्तिगत रुपमा पानी बाराबार यो सस्थाको  केहि संख्या राजदुतावास सग मिल्दैन वा मिल्न चाहदैन यहाँ सम्म कि गत हप्ता राजदूतबाट सम्मान पाहुने एनअारएनए साउदीका क्षेत्रीय सदस्यलार्इ किन हामीलाई नसोधी गएको भनेर सम्म भन्न बाकी राखेंन ? यसबाट प्रष्ट हुन्छ एनअारएनए साउदी र राजदूतावासबीच लामो दारार छ भनेर ।अनेक राजनीति पार्टीका भातृ संगठन तथा अन्य संगठनहरुसाउदी अरबमा कांग्रेस, एमाले, माओबादी वैद्य माओबादी, बिप्लव माओबादी मिथिला समाज, लुम्बिनी प्रवासी मंच, नेपाल सेवा समिति, आदिवासी जनजाती  आदि-आदि गरी झन्डै डेड दर्जनको संख्यामा  संगठनहरु छन् तर यी सबै संगठनको नारा श्रमिक समस्या समाधान गर्ने नै हो कुना कुना सम्म यो संगठन छैनन भएकोहरुबीच पनि तालमेल छैन । यदि यी डेढ दर्जनको संख्यामा रहेका  संगठनहरु बीच  श्रमिक समस्या समाधान गर्नेबारे मात्र तालमेल हुने हो भने कयौं समस्या कमी हुने थियो ।दूरदराजका श्रमिकबीच सम्पर्क नहुनुसाउदी धेरै ठूलो देश भएको हुनाले नेपाली कामदारहरु कुना कुना सम्म फैलियाका छन्  खास गरेर हाउस मेड र घरको ड्राइभर तथा  उत्तरी क्षेत्र ताबुकमा त धेरै संख्यामा नेपालीहरु खेतीपातीको काम गर्छन् । उनीहरु मध्ये कति त ६/७  बर्ष सम्म घर गएका छैनन् । उनीहरुबीच सम्पर्क हुने भनेको एकले अर्काको बारेमा बताएपछि मात्र हो । एकले अर्काको बारेमा नबताएसम्म समस्याबारे थाहा नै नहुने स्थिति छ । यी सबै समस्या दुर गर्ने नेपाली श्रमिकको लागि भनेर बनेका संगठन एक जुट भएर आफ्नो संगठन दूरदराजसम्म पुर्याउनै पर्छ र श्रमिक समस्या समाधान गर्नु पर्छ  ।अबको निकाशयदि आफ्नो घमण्डले नै  एनअारएनए र राजदूतावासबीच सम्बन्ध नसुध्रेको हो भने यो सुधार्ने नया अवसर प्राप्त हुदैछ । किनकी आगामी अगस्त महिनामा राजदूत पाण्डे आफ्नो चार वर्षे कार्यकाल पूरा गरी नेपाल फर्किदै छन्  कम्तिमा पनि एनअारएनए र राजदुतावासबीच समन्ध सुध्रिने हो भने मात्रै कयौ समस्या आफै समाधान हुदै जान्छन् ।संस्था भित्र रहेर आफ्नो मुद्धा जे जे भए पानी कम्तिमा श्रमिक समस्या समाधान गर्ने मामिलामा सबै एकजुट हुन सके  हामी नेपालीलार्इ परेको समस्या समाधान गर्न सक्छौ  ।अझै हालका दिनहरुमा साउदी अरबमा जिल्ला जिल्ला अञ्चल अञ्चल को पनि संगठन बन्दै छन् यदि यी सबै संगठन दुर दराज सम्म नेपालीलाइ परेको समस्याको खोजि गर्दै जाउन् । यदि राजदूतावास म्यानपावरवाला र दलाली वर्गसँग मिलेको छ भने मिलेर भन्डाफोर गरौ  । डेढ दर्जनको संख्यामा रहेका सस्थाहरुको पनि यही धेय होस् ।मैले  लेखेको यो ब्लग २०७२ असार २८ गते अनलाइनखबरमा प्रकाशित भएको थियो अनलाइनखबरमा पढ्नको लागि यो लिंकमा हेर्नुस http://www.onlinekhabar.com/2015/07/298928/



No comments: