Thursday, January 14, 2016

तारुकाको गोरु जात्रा सग जोडिएको मेरा अतित

तारुकामा  गोरु जात्रा हुने ठाउ भन्दा मेरो घर करिब २५ मिनेटको दुरीमा पर्छ । गोरु जात्रा कहिले देखि सुरु भयो भन्ने ठ्याक्कै बालाइ सोध्दा पनि थाहा छैन भन्नु हुन्छ । म आफु बुझ्ने भए पछि  घरमा हुदा सम्म अथवा १० कक्षा पढ्दा सम्म हरेक सालको गोरु जात्रा मेरो लागि प्रतिक्षाको बिषय हुन्थ्यो । २ कक्षामा पढ्दा बा सग ३  रूपया लिएर मज्जा सग माघे सक्रान्ति मनाएको अझै ताजा छ । बाले कहिल्यै एक्लै जान दिनु हुन्न थियो बाको काधमा बसेर गोरु जुधेको हेर्दा  आफु ६ फिट अग्लो भएको भान हुन्थ्यो ।  मैले आफ्नो बालापन देखि बाबाट पाएको माया सधै ताजा छ आज बा बच्चा जस्तो हुने बेला भएको छ भने बा जस्तो  जिन्दगिको हरेक गतिबिधि सग बाले दिनु भएको माया हरेक पल ताजा छ  ।   हिजो जाडो हुदा बाले मेरो खुट्टा च्यापेर  जाडो  भगाउनु हुन्थ्यो  ।   आज म परिवार सग साथमा नभए पनि आफ्नो छोरी सग यस्तै अभिनय गर्छु  ।   अनि भन्छु तिमिहरु पनि गोरु जात्रा हर्ने जाउ है बाले काधमा हालेर तिमिलाइ गोरु जुधेको देखाउनु हुन्छ  । गोरु जात्रा सग २०५७/५८ साल अझ यादगर बनेको छ हामि दाजु भाइ र साथि बिष्णु र माधव हाम्रै उमेरका साथिले बिना कारण झगडा गरेर  लखेटेको समय समझदा अहिले आफैलाइ अचम्म लाग्छ खै ति हामिलाइ लखट्ने ति साथिहरुले यी कुरा भुले कि सम्झदै छन् ?

फोटो साैजन्य: गुगल 



फोटो साैजन्य: गुगल डटकम 

                                     किंवदन्ती अनुसार  बझाङका राजा जयपृथ्वीबहादुर सिंह मामाघर आएका बेला गोरु जुधाएको हेर्न मन गरेपछि मामासँग जिद्दी गर्दा मामाले भाञ्जाको मन बुझाउन जुधाइदिएको भन्ने छ। तर, यहाँका स्थानिय अनुसार   यो मात्र खास कारण होइन ।अर्थात्, यसको इतिहास अस्पष्ट छ। यसको इतिहास जयपृथ्वीबहादुर सिंहसँग जोडिएको कुरा गाउका पुराना बुढापाकाहरु बताउछन  ।गाउँका टोलटोलका बारीमा गोरु जुधाउने भएकाले माघेसंक्रान्ती  बच्चा  देखि बुढा सम्म उत्तिकै प्यारो छ ।

                                       म सानो हुदा  तेर्सेपानि मुनिको ठुलो पाटो अनि बरचौउर अनि पछि चन्दनी कट्टर बोट मुनि गोरु जुधाउने गरिन्थ्यो । तर अहिले जस्तो त्यो समय त्यति व्यापक थिएन मिडियाको बिकाशले गर्दा देशमा चलेका पत्रपत्रिका र वेबहरुमा पनि कभर स्टोरी बन्ने गरेको छ । गत वर्ष देखि अन्तराष्ट्रिय  मिडियामा समेत स्थान पाउन थालेको छ केहि दिन अघि मात्र बि बि सी नेपालीले समेत तारुकाको गोरु मेला बारे समाचार बनाएको थियो । राजनीतिले भने गोरु जात्रा पनि प्रभावित छ । ठुला पार्टी सग आबद्द स्थानीयहरु गोरु   जात्राको आयोजक बनेर आफ्ना नेतालाइ प्रमुख अथिति बनाउन लालाहित हुन्छन । केहि वर्ष देखि पालै पालो कांग्रेस एमाले र माओबादि चक्रिय रुपमा आयोजक बन्ने गरेका छन । मेला आयोजनाको लागि गा बि स ले ४० हजार बजेट दिने गरेको छ तर यो कार्यक्रम गर्नको लागि पुग रकम भने होइन । गोरु जात्राले तारुकालाइ  देशले नै चिन्ने एउटा गाउ बनेको छ  ।  अन्तरिक पर्यटनमा समेत गोरु जात्रा सहयोगी बनेको छ प्रदेशमा बस्ने तारुका वरपरका बासिन्दाहरु दशैँ तिहार मात्र होइन माघे सक्रान्ति समेत एउटा घर आउने बहाना बनेको छ  ।  हरेक साल माघ १ आउँन लाग्दा मलाइ बारीको कान्ला कान्ला हाम फालेको ऐठे दालमोठ उखु बदम खाएको र साझ परे पछि जोर चौताराको उकालो लागेको अतितले धेरै धेरै याद दिलाउछ  ।


No comments: