ब्लग सिक्न प्रयास गर्दैछु जे पोस्ट गर्छु ति सबै मेरो निजि बिचार हुन् -राममणि अधिकारी
Wednesday, October 19, 2016
दुइ लाख रियालको लट्री परेपछि !
-राममणि अधिकारी पैसा कमाएर घर परिवार सुखी खुसि र सम्पन्न पार्ने आसामा
साउदी आउने म जस्ता कयौ नेपालिलाइ यो कथा नया नलाग्न पनि सक्छ l सेल्स क्षेत्रको काम पसल पसल चार्दै हिड्नु
पर्ने भर्खर दशैँ सकिएको घरको यादले सताएको ह्याङ्ग ओभर अझै बाकि थियो l ३ बजे तिर मार्केट छिरेको के थिए सल्ला-सल्ला अथवा नवाज
पढ्ने समय भो भनेर मार्केटको ठुलो स्पिकरमा भनिंदै थियो l साउदीमा दिनको पाच पटक सल्ला अथवा नवाज पढ्ने समयमा मार्केट बन्द गर्ने गरिन्छ l अल्छी गरेर एक
बट्टा चुरोट किने त्यो पनि सबै भन्दा सस्तो गोल्डलिफ अज्रक (निलो) चुरोटको भाउ बढेर म अझ सस्तो मुल्यको
चुरोटमा झरेको थिए l आखिर धुवा नै
उडाउन त् हो साथमा एउटा हाम्जियत अथवा
मिरिन्डा चुरोट पिउनेलाइ नै थाहा हुन्छ l चिसो पिउदै धुवा उडाउनुको
मज्जा त्यत्तिकैमा मैले सुनेको र सगैको साथि सम्मले भोगेको जस्तै कथा दुइ लाख रियालको
लट्री मलाइ परेको जानकारी एक जना सायद भारतीय वा पाकिस्तानी नागरिकले फोन
मार्फत मलाइजानकारी गराए l म झसंग भए र सोधे
आप कौन हे ? उसले भन्यो मे आपको जेन से कल कररहा हु ! जेन मैले
साउदीमा प्रयोग गर्ने गरेको मोबाइलको
दुरसंचार कम्पनी हो l मैले फेरी अप्ठ्यारो मान्दै सोधे लेकिन कैसे
मुझे २ लाख रियाल मिलगया ?उसले भन्यो ए आपका नसिब हे बिस्तारमा उसले
भन्यो जेन कम्पनीले आफ्नो ग्रहाक मध्येबाट एक जना भाग्यशालि ग्राहाकलाइ २ लाख
रियलको पुरस्कार दिने निर्णय गरेको र गोला प्रथाबाट मेरो नम्बर अर्थात म बिज्जेता
भएको जानकारी गरायो l म खुसिले यति रमाएकी २ लाख रियाल करिब ५६ लाख नेपालि भन्दा
बढी रुपयाको बिजेता बने भनेर तर नि अझ ढुक्क भने थिइन् l उसले मलाइ फेरी
भन्यो र मेरो मोबाइल सिम कार्ड पछाडिको नम्बर सम्म दियो र आफ्नो सिम कार्ड पछाडिको नम्बर हेरेर फेरी
उसलाइ कल गर्न भन्यो नभन्दै उसले भनेको मेरो सिम कार्ड पछाडीको नम्बर ठ्याक्कै
मिल्यो र म पनि ढुक्क जस्तै भए र खुसि
हुदै उसलाइ फोन गरे मैले फोन गर्दा मोबाइल कम्पनिमा जसरी नै ब्याक रिंग बज्यो र म
पुर्ण रुपमा बिस्वास्त भए र खुसिले यति रमाएको यो साउदी देश नै कसैले मेरो नाममा
गरिदिए जस्तो भयो l त्यो पछि उसले मलाइ परेको २ लाख रियालको बारे
बतायो र कम्पनिको सर्त बारे बताउन थाल्यो l उसले सोध्यो यो
पैसा तिमि कसरि लिन चाहन्छु अथवा कुन बैंकमनि ट्रान्सफर अथवा अन्य अन्य मैले बैंक मार्फत
बुझ्छु भने तर मैले भनेको बैंकमा पठाउन उसले मलाइ पैसा लाग्ने बतायो मैले त्यहि २
लाख रियलबाट काटेर लिनु भने तर उसले मानेन र मलाइ ५० रियलको जेन कार्ड पठाउन भन्यो
र फोन राख्यो म घर पठाएर राखेको २० तारिक
सम्म खर्च गरेर र बचेको ९० रियालबाट ५० को जेन कार्ड किनेर उसलाइ कल गरेउसले कार्ड नम्बर लियो र अझै प्रक्रिया पुरा नभएको र
प्रक्रिया पुरा हुन् अझै अरु ट्याक्स रुपी
पैसा १२०० रियाल कार्ड मार्फत लिने र मैले भनेको बैंकमा पैसा पठाउछु भन्यो मैले म
सग त्यत्रो पैसा नभएको जानकारी गराए तर पनि उसले फेरी भन्यो यदि त्यत्रो पैसा नभए
२०० को कार्ड २० मिनेटमा पठाए सबै पैसा २ लाख रियाल मेरो नाममा पठाउन प्रयास गर्ने
बतायो खल्तीमा ४० रियालमा मात्र थियो l
म हतार हतार रासन उधारो
किन्ने बंगालीको बकाला(किराना पसल) मा गएर २०० को जेन कार्ड उधारो मागे
उसले दियो र बाहिर आएर उसलाइ फोन गरेर कार्ड नम्बर दिए उसले भन्यो अब करिब
प्रक्रिया सकिएको र अब २ मिनेटमा कल
गर्नु सबै बिवरण र पैसा पठाएको कोर्ड दिन्छु भन्यो र म हतार र आवेग दुवैमा २ मिनेट पर्खे र उसलाइ फोन गरे उसले फेरी १००
को कार्ड पठाउनु पर्ने भयो मैले मिलाउन सकिन भन्यो र १०० को कार्ड पठाए पैसा
ट्रान्सफर गरि दिन्छु भन्दै आमाको कसम र भगवानको कसम खायो र म उ सग आफ्नो दुख सुनाउदै
थिए उ भने तेरो मात्र ३५० रियाल खर्च भएर २ लाख रियाल आउछ किन पिर गर्छस भन्यो म
फेरी रासन उधारो किन्ने बंगालीकोमा गएर
१०० को कार्ड मागे उ अचम्म हुदै मलाइ सोध्यो यत्रो कार्ड किन किनेको स्वाभाविक नै
थियो म १० रियाल भन्दा माथि कार्ड नकिन्नेले ३०० रियालको किनेको देखेर मैले २ लाख
रियालको लट्री परेको कहानी सुनाए र बंगालीले मलाइ गालि गर्दै भन्यो तलाई कसैले
फसाएको छ मलाइ पहिले किन नभनेको भनेर भन्यो म छागाबाट खसे जस्तो भए फेरी एक कल
गरेर म गरिबलाइ किन यसरि ठागिस भनेर दुखेसो पोखे म दुखी हुदै थियो उसलेहत्त न पत्त फोन काट्यो मैले फेरी उसलाइ फोन गरे तर उसले
मोबाइल स्विच अफ गरि सकेको थियो l यो मेरो जीवनमा घटेको घटना भने होइन l तथापि साउदी अरब
यस्तै बहानामा कयौ नेपाली दाजु भाईहरु फस्ने गर्नु भएको छ l कथालाइ आफ्नो
जिन्दगीमा पर्न सक्ने र अरुलाइ परेमा जानकारी दिनु हुन् सम्पुर्णलाइ आग्रह छ l
No comments:
Post a Comment