Tuesday, February 21, 2017

कथा पुरानो डायरी

- बिष्णुमणि अधिकारी

                    एस एल सि सकाएपछी.....घरमा बुढा भएका बा आमा दिदिको बिवाह अनि मेरो पढाईको ऋण सबै चपेटामा हुँदै गर्दा बर्खा नथेग्ने छानो मुनि त्यत्ती बस्न मन लागेन गाउँमा! रहर पलायो काठमाडौं जाने अनि काम गर्ने अनि पैसा कमाएर बर्खामा घर भित्र भाँडा थाप्न नपर्ने बनाउने अनि बाबा आमाको चाउरी परेको निधारमा अलिकती भए पनि खुशी छर्ने! त्यस्तै सोच बोकेर काठमाडौं निक्लने सोच बनाएर खल्तिमा २०० रुपियाँ त्यो पनि ऋणमै बोकेर लागेँ काठमाडौं! पहिला एक दुई पटक आएको भएपनी खासै अनुभव थिएन मलाई ! तैपनी मनभरी सपनाको डोको बोकेर लागियो धार्के, नौबिसे, थानकोट, कलंकी हुँदै सपनाको शहर काठमान्डौ! गाँउकै एक जना दाजु एक दुई बर्ष अगाडि देखि काठमाडौं मै हुनुभएकोले उहाकैमा जाने सोचका साथ कलंकी झरेर फोन गरेँ र सोधपुछ गर्दै पुगेँ लैनचौर ! उहाँको बसाइ लैनचौरकै भित्री गल्लीमा पुरानो घरको भुँइतलामा सानो कोठामा रैछ, भन्नुभो भाइ यस्तै हो काठमाडौं भन्नू मात्र सुख चाहिँ छैन यहाँ ! आउन त आइहालिस मैले कामको पनि कुरा गर्दिसकेको छु भोलिबाट केही दिन साइकल सिक अनि साइकल जान्ने बित्तिकै काम सुरु हुन्छ तेरो भन्दै दाइ स्टोभमा जोड जोडले दम दिदैँ हुनुहुन्थ्यो! म भने गाँउको घर यो कोठा साइकल सिकाइ सम्ममात्र सोच्दानै आङ्ग सिरिङ्ग गराउदै अनि जागिर सुरु शब्दले दिएको खुशिमा रुमल्लिदै थिए! खाना तयार अनि खाना खाएर दिनभरिको बसको थकानले कतिबेला फुस्सै निदाइछु पत्तोनै पाइन! बिहान ब्युँझिदा ओछ्यानमा एक्लै लामखुट्टेले टोकेको डाबर अनि लथालिङ्ग कोठा! क्रमशः.............

Tuesday, February 14, 2017

स्मरणमा हाम्रो हजूरआमा ।


भगवान् गौतम बुद्दको भनाइ छ "संसारमा सबै चीज नास्तिक छन" तर ती बस्तु प्रति मानिस माया र मोह  राख्छ जब त्यों चीज नास्तिक भएर जान्छ मानिस पीड़ामा रुमलिन्छ हो। यी सारा कुरा सुनेर बुझेर पनी आफुलाइ यी समस्या पर्दा भोग्न बाध्य पारी दियो दैवले हजूरआमाले हामीलाइ छाडेर संसारबाट बिदा लिनु भएको आज करिब ३ महिना हुन् लाग्यो  मानिस जन्मन्छ अनी मर्छ यो त प्रकृतिको नियम नै हो । तर हजूरआमाले दिनु भएको नैतिक शिक्षा जिन्दगीभर अमिट रही रहने छ  हजुरआमा बिते पछि म प्रदेशबाट घर पुगे घर बसाइको सम्पुर्ण समय हजुरआमा बस्ने पिडि खाट तिर घरि-घरि  गइ रहन्थ्यो हेरी रहन्थे हजुरआमा बिते झैँ कहिले लागेन भुकुम्पले घर भत्किएको भए पनि पिडि घर भित्र सबै पुरानै थिए । हजुरआमा बितेको केहि दिनमै  यी स्मरणका शब्द लेख्न मन थियो तर भ्याइन भानु कि लेखिन  भनौ यस्तै भयो 

Wednesday, October 19, 2016

दुइ लाख रियालको लट्री परेपछि !


-राममणि अधिकारी        
                                 पैसा कमाएर घर परिवार सुखी खुसि र सम्पन्न पार्ने आसामा साउदी  आउने म जस्ता कयौ नेपालिलाइ  यो कथा नया नलाग्न पनि सक्छ l सेल्स क्षेत्रको काम पसल पसल चार्दै हिड्नु पर्ने भर्खर दशैँ सकिएको घरको यादले सताएको ह्याङ्ग ओभर अझै बाकि थियो ३ बजे तिर मार्केट छिरेको   के थिए सल्ला-सल्ला अथवा नवाज पढ्ने समय भो भनेर मार्केटको ठुलो स्पिकरमा भनिंदै थियो l साउदीमा दिनको पाच पटक सल्ला अथवा  नवाज पढ्ने समयमा मार्केट बन्द गर्ने गरिन्छ l अल्छी गरेर एक बट्टा चुरोट किने त्यो पनि सबै भन्दा सस्तो गोल्डलिफ अज्रक  (निलो) चुरोटको भाउ बढेर म अझ सस्तो मुल्यको चुरोटमा झरेको थिए आखिर धुवा नै उडाउन त् हो साथमा  एउटा हाम्जियत अथवा मिरिन्डा चुरोट पिउनेलाइ नै थाहा हुन्छ l चिसो पिउदै धुवा उडाउनुको मज्जा त्यत्तिकैमा मैले सुनेको र सगैको साथि सम्मले भोगेको जस्तै कथा दुइ  लाख रियालको  लट्री मलाइ परेको जानकारी एक जना सायद भारतीय वा पाकिस्तानी नागरिकले फोन मार्फत मलाइ जानकारी गराए l म झसंग भए र सोधे आप कौन हे ?  उसले भन्यो  मे आपको जेन से कल कर रहा हु !  जेन मैले साउदीमा प्रयोग  गर्ने गरेको मोबाइलको दुरसंचार कम्पनी हो l मैले फेरी अप्ठ्यारो मान्दै सोधे लेकिन कैसे मुझे २ लाख रियाल मिलगया ?उसले भन्यो ए आपका नसिब हे बिस्तारमा उसले भन्यो जेन कम्पनीले आफ्नो ग्रहाक मध्येबाट एक जना भाग्यशालि ग्राहाकलाइ २ लाख रियलको पुरस्कार दिने निर्णय गरेको र गोला प्रथाबाट मेरो नम्बर अर्थात म बिज्जेता भएको जानकारी गरायो l

Monday, October 10, 2016

अरबबाट दशैँ सम्झदा l

-राममणि अधिकारी

                                                         साउदी अरब अरबको सबै भन्दा ठुलो देश यो घाममा मरी-मरी  डेढेर  पसिनामा भिजेर  भबिस्यमा सुन्दर घर बनाउने र सितल जिन्दगी बिताउने अबिलाषामा ५ लाख भन्दा बढी नेपालि पसिनाको साथ् साथै आशु बगाउने बाध्य छन् बर्षको २ चोटि अर्थात् दशैँ र तिहारमा अक्सर घरको यादमा नकाल्पिने नेपालि भेट्न गार्हो हुन्छ l  बद्रि पंगेनीको गित आमा बिदा पाउदिन अहिलेको दशैंमा आमा घरमा आउदिन प्रदेशमा प्रदेशीले दशैँमा धेरै सुन्ने गित हो l पंगेनीको गित सुन्दै एकजना साथि भन्दै थिए ढुङ्गाकै मन हुनेको पनि आँखा रसाउछ यो गित सुन्दा । दशैँको आगमन  अशोजको बिहानी चिसो चिसो हावा बिहानी पख सीतको थोपा पातमा लुकामारी खेलेको अनि कलिलो घाम लाग्थ्यो । त्यहि ओसिलो पातमा टल्केको देख्दा मन हार्षित हुन्थ्यो  तर जन्मभूमीबाट टाढा रही कर्म थलो यो खाडि भूमिमा बसेर देशैको अनिभुती  गर्दा मन खै कता कता हराए जस्तो हुदो रहेछ । आफ्ना साथीहरुले दशैँको शुभकामना गरेको देखेर झस्कन्छु खोइ आज परिवार सग दशैं मनाउने सौभाग्य नपाएको करिब ८ वर्ष भएछ । सोच्दछु  म जस्ता  लाखौ नेपालीहरु म जसरी नै कयौ दशैँको अनुभूति खाडीबाटै गर्दैछन् म जसरी ८ वर्ष मात्र होइन २७ वर्ष सम्म खाडीमा श्रम गर्ने नेपाली भेटेको छु मैले तर ति तमाम नेपालीहरु रहरले होइन बाध्यताले आफ्नो उर्जाशिल समय पुरै खाडीमा बिताउन बाध्य छन् । लाग्छ उनीहरुलाइ अहिले चाडपर्वको अनुभूति नै हुन छाड्यो होला जीवनको २०  औ वर्ष सम्म अर्काको मुलुकमा रगत पसिना बगाएको पिडा हाम्रो सरकारले न कहिल्यै बुझ्यो न त् प्रयास नै गर्यो हो पक्कै देश छोडेर प्रदेश बस्नुको  पिडा सबैमा छ मात्र यसलाइ सामान्य रुपमा लिनुको बिकल्प के नै छ र ? घरमा परिवारलाइ अर्को दशैँमा घर  आउछु भनेर ठाटेको पनि धेरै बर्ष भयो र यो बर्ष पनि दोहोरियो l परिवारलाई विदेश गाएकाआफ्ना सन्तान   दशैंतिहारमा घर आइदिए हुन्थ्यो जस्तो लाग्छ । अनि, हामी परदेशमा पसिना चुहाइरहेका दुखि सन्तानलाई चाडबाडमा परिवार भेट्न नपाउँदा दुःख लाग्छ । नलागोस् पनि कसरी ? बल र बैंस छँदासम्म परिवारबाट टाढिनुपर्ने, बुढ्यौलीले छोपेपछि परिवारको खोजी गर्दै देश फर्कनुपर्ने । व्यक्त गरेर ब्यक्तै गर्न नसकिने यी पिडा छन् लाखौ नेपालीको lसानो कोठामा दुइतले फलामे खाट माथि सुतेर देखेका यी कयौ सपना भन्दा पनि कहाली लाग्दो छ हामि जस्तै कयौ नेपालीको लाश यहि दशैँ तिहारको समयमा पनि आउदै छन् हासो र रोदनको यी सबै त्रिबेणी हेर्न धेरै टाढा पुग्ने पर्दैन त्यहि सिनामंगल एयरपोर्ट बाहिरि गेटमा आएर हेरे पुग्छ l पैसा कमाउन विदेश पसेको छोरो बाकसमा लाश बनेर आउदा समेत यस्ता पर्व मान्नै पर्ने अभिभावक कयौ छन् l केहि दिन अघि यस्तै  समाचार बन्यो जिउदो हुदा पैसा कमाउन नसकेका उनि लास बनेर पैसा लिएर आए l यस्ता खबर  अरब र मलेसियाबाट नेपाल आउने क्रम झन् झन् बढ्दै छ यी घटना सुनेर प्रदेशमा आशु झार्ने प्रदेशी सधै यस्तो समाचार आफु बन्नु नपरोस भनेर धेरै पुकार गर्दैछन् l

Thursday, January 14, 2016

तारुकाको गोरु जात्रा सग जोडिएको मेरा अतित

तारुकामा  गोरु जात्रा हुने ठाउ भन्दा मेरो घर करिब २५ मिनेटको दुरीमा पर्छ । गोरु जात्रा कहिले देखि सुरु भयो भन्ने ठ्याक्कै बालाइ सोध्दा पनि थाहा छैन भन्नु हुन्छ । म आफु बुझ्ने भए पछि  घरमा हुदा सम्म अथवा १० कक्षा पढ्दा सम्म हरेक सालको गोरु जात्रा मेरो लागि प्रतिक्षाको बिषय हुन्थ्यो । २ कक्षामा पढ्दा बा सग ३  रूपया लिएर मज्जा सग माघे सक्रान्ति मनाएको अझै ताजा छ । बाले कहिल्यै एक्लै जान दिनु हुन्न थियो बाको काधमा बसेर गोरु जुधेको हेर्दा  आफु ६ फिट अग्लो भएको भान हुन्थ्यो ।  मैले आफ्नो बालापन देखि बाबाट पाएको माया सधै ताजा छ आज बा बच्चा जस्तो हुने बेला भएको छ भने बा जस्तो  जिन्दगिको हरेक गतिबिधि सग बाले दिनु भएको माया हरेक पल ताजा छ  ।   हिजो जाडो हुदा बाले मेरो खुट्टा च्यापेर  जाडो  भगाउनु हुन्थ्यो  ।   आज म परिवार सग साथमा नभए पनि आफ्नो छोरी सग यस्तै अभिनय गर्छु  ।   अनि भन्छु तिमिहरु पनि गोरु जात्रा हर्ने जाउ है बाले काधमा हालेर तिमिलाइ गोरु जुधेको देखाउनु हुन्छ  । गोरु जात्रा सग २०५७/५८ साल अझ यादगर बनेको छ हामि दाजु भाइ र साथि बिष्णु र माधव हाम्रै उमेरका साथिले बिना कारण झगडा गरेर  लखेटेको समय समझदा अहिले आफैलाइ अचम्म लाग्छ खै ति हामिलाइ लखट्ने ति साथिहरुले यी कुरा भुले कि सम्झदै छन् ?

फोटो साैजन्य: गुगल 

Friday, November 20, 2015

झोलामा सती प्रथाको बारे केहि जानौ


कृष्ण धारावासीले लेख्नु भएको पौराणिक कथालाइ  आधार मानेर बनाइएको   झोला फिल्म अनलाइनमा प्राप्त हुन थालेको छhttps://www.youtube.com/watch?v=tvSSDYsOHxw  चलचित्र हेर्न यो लिंकमा थिच्नुहोस्  करिव डेढ घण्टाको यो फिल्मले महिलाहरुप्रति धर्मको अडमा हुने अत्याचारको एउटा झलक प्रस्तुत गर्दछ । कृष्ण धारावासीको उपन्याश "झोला" मा आधारित यो फिल्म दर्शनीय रहेको छ । सामन्तवादी हिन्दु समाजका कथित उपल्लो वर्ग समुदायका महिलाहरुले विगतमा भोग्नु परेको पीडा पर्दामा अभिव्यक्त भएको छ । फिल्म हेर्दा जो सुकैको पनि आँखा रसाउँछ । लेखक निर्देशकहरुको परिकल्पना प्रशंसायोग्य रहेको छ । सवै कलाकारहरुको भूमिका कलात्मक रहेको छ ।
गुप्तकालीन भारतमा शुरु भएको सती प्रथा लिच्छवी कालमा नेपाल प्रवेश गरेको थियो । यही समयमा सामन्ती सँस्कृति मौलाउन शुरु गरेको हो । सत्तरी वर्षका बुढाले सात वर्षकी कन्या पनि विवाह गर्दथे । कन्यादानलाई सवै भन्दा महान र उत्तम दान मानिने सँस्कारको विकास भयो । समाजमा महिलाहरुलाई नानी पाउँने मेसिन र भोगविलाशको वस्तु मानियो । धेरै पत्नीहरु जुटाउन सक्ने पुरुषलाई मर्द (बहादुर) मानिन्थ्यो । भगवान शब्दको एउटा अर्थ त धेरै श्रीमतीहरुको पति भन्ने पनि लाग्छ ।

Thursday, November 19, 2015

प्रदेशमा बिरामी पर्दा

कल्पनाको महलमा रमाउन  भनु वा घर परिवार धान्न  आज प्रदेश बस्न थालेको करिब करिब ६ बर्ष

 भएछ । सानो सपना पुरा गर्ने  बहानामा परदेश बसाइ  अझै बढ्दै छ । हिजो सम्म अविवाहित हुदा पुरा नभएको प्रदेश बसाइ बिवहा पछि झन् लम्मिने सम्भावना धेरै छ र चलिरहेकै छ । प्रदेसमा हुदा घर परिवारको याद आउनु त स्वाभिक नै हो आफु सन्चो राम्रो हुदा । २/४ साल विदेश बिताउनेहरुलाइ  विदेश बसाइ बानि परि सकेको हुदो रहेछ । म आफैले  पनि प्रदेसमा बसेर ५/५ ओटा दशैँ र तिहार परिवार बिना मनाएको छु भनौ भोगेको छु साउदी अरबमा यो अलि आफ्नो तरिकाले मनाउन सक्ने स्थिति छैन । विगत जसरि नै यो पालिको दशैँ  २०७२ रमाइलो नै भयो टिकाकै भोलिपल्ट  शुक्रबार परेको थियो भने तिहारको भाइ टिका पनि शुक्रबार नै परेको थियो ।  टिकाको  दिनमा  दिदि कोरियामा रहेको भाइ बिष्णु  र घरमा फुपू दिदिहरु सग कुरा भयो  । चित्त बुझाउनु नै त् हो प्रदेशमा त्यसै दिन मेरो दशा  लागेको रहेछ सामान्य रुपमा कल्पना नगरेको घटना भयो कोठा नजिकै सिसामा खुट्टा पर्यो र ६ हप्ताको लागि ओछ्यानमा बस्नु पर्ने भयो ।  बिगतमा पनि सामान्य बिरामी नपरेको होइन र सामान्य बिरामीलाइ बिरामी नठान्ने  म आज ६ हप्ता सम्म ओछ्यानमा पर्दा गारो पक्कै छ फेसबुकमा फोटो हालेर सबैलाइ थाहा दिएर  sympathy  जम्मा गर्न मन पनि लागेन  अझै घरमा थाहा दिदा उता बाट धेरै पिर गर्नुहुन्छ त्यसैले  आफैले बनाएको ब्लगमा लेख्ने बिचार गरे अतितको बारे भबिस्यमा आफ्नै अतित सम्झदा अर्कै महसुस पक्कै होला  ।

Wednesday, October 8, 2014

साउदी अरबमा राजदूतावास, एनअारएनए र पीडित नेपाली

साउदी अरबमा राजदूतावास, एनअारएनए र पीडित नेपाली

-राममणि अधिकारीक्षेत्रफ़लको हिसाबले साउदी विश्वको १३ अाैं ठूलो देश हो । जहाँ करिब पाँच लाखको हाराहारी संख्यामा नेपाली कार्यरत छन् । साउदी अरबमा एनअारएनए सदस्य संख्या करिब तीन हजार छ  भने बिभिन्न राजनीति पार्टीको भातृ संगठनहरु पनि छन्  । उनीहरु सबै नेपाली श्रमिक सेवाको लागि संगठन भन्न छुटाउँदैनन् ।देशको राजधानी रियादमा  नेपाली राजदुतावास छ भने दोस्रो सहर जेद्धामा महावाणिज्य दूतावास छ । अर्को ठूलो सहर दमाममा नेपाली राजदूतावासको कर्मचारीसमेत खटाएको छ । तर पनि साउदी अरबमा श्रमिक समस्या जस्ताको तस्तै छ ।





Friday, February 21, 2014

कथा फेसबुक लभ

-राममणि अधिकारी 

शुक्रबारको दिन खाडी मुलुकमा कार्यरत धेरै नेपालीहरुले पनि बिदा पाउछन सधै जसो बिहानै उठेर काममा जान ट्रकको पछाडी कोचा कोच गरेर बस्नु पनि नपर्ने बिहानै उठेर कृष्णले घरमा फोन गर्दै गरेको आवाज सपनामा जस्तो अस्पस्ट सुने जस्तो लाग्छ हिजोको थकाईले गर्दा बास्तबिकता थाहा पाउन सकिन बल्ल तल्ल बजे तिर उठने प्रयास गरे खुट्टा धरमाराई धरमाराई तर सकिन अनि   फेरी पल्टे ओछयानमा  सानो कोठा त्यस भित्र पनि हामि आठ जना बस्ने गर्छौ जस मध्ये  रामप्रसाद, डोलबहादुर ,टेकराज, तुल, बिष्णु र नवराजको रातिको काम  थियो

Friday, May 21, 2010

कथा बाध्यताको पाहाडहरु

-राममणि अधिकारी 
जेठ महिनाको बिहानै ६ बजे   बाले भन्नु भयो ए जेठा छिटो उठ आज खेतमा धानको बिउ राख्नु छ । म हिजो दिन भरि मकै गोड्न मेला गएको थिए बिहान उठ्नै सकिन बाले चार-पाच  चोटीसम्म कराउदै भन्नु भयो खै कसरि गरि  खालास जेठा  भन्दै भन्नु भयो तेरो उमेरमा त मैले विबहा गरेको ३ वर्ष भएको थियो ।  भन्दै सुनाउदै हुनुहुन्थ्यो । डसना एकतिर तन्दा एक तिर भएको ओछ्यानबाट बल्ल-बल्ल उठ्ने प्रयास गरेर चोटाको लिस्नुबाट तल झरे । एक- एक घान मकै र एक - एक बटुको मोही खाएर बाउ छोरा बतासेकोओरालो लागियो एक- एक थुन्चे  मल बोकेर  बेसी खेतमा धानको बिउ राख्न भर्खर एस.एल. सी सकिएको थियो ।विदेश  जान भनेर पासपोर्ट बनाएर पारि घरे प्रेम दाइलाइ दिएको थियो उहा काठमाडौँको कुनी के म्यानपावरमा एजेण्टको   काम गर्नु हुन्थ्यो क्यारे  । 
                                     

Friday, April 9, 2010

नयाबर्षको २०६७ सालको हार्दिक मगलमय सुभकामना





देश बिदेशमा रहनुहुने संपूर्ण नेपाली आमा,बाबु तथा दाजु भाई दीदी बहीनीहरुमानयाबर्षको २०६७ सालको हार्दिक मगलमयसुभकामना दिन चाहन्छु ।-राम मणी अधिकारि ९७१५५२६३५१९९रोजगारको शिलाशिलामा सयुक्त अरब इमिरेट्स यु ए इ मा हुदा २००९ तिर l


Sunday, July 27, 2008

यात्रा को क्रम


"तिम्रो आँखामा"तिम्रो निदमा अई दिउला सपनि बनेर प्रतिक्षा गर्दै गर हैतिम्रो दिलमा अैई बसुलाचोखो माया बनेर यसलाई साँच्ने गर है ।तिम्रो आखामा सजिदिउला गाजलु बनेरयसलै सजाउने गर हैतिम्रो दु:ख मा आसु भै अैईदिउला सुखमा हाँसो भै यसलाई संगाल है कुनै दिन दु:खी ले सहारा माग्छ भनेयसलाई अँगाल हैयसलाई अँगाल है --"चितवन जाने क्रम मा २०६३ साल तिर गरियको मनकामना दर्शन"

Wednesday, July 23, 2008

फेवातालमा झलक्क

पोखरा पुग्ने सबैलाइ भनि रहनु पर्दैन पोखराको सौन्दर्यको बारे कल्पना गरेको एउटा शहर भनौ यहि शहरमा २०६२ साल तिर पुग्दा मलाइ युरोप पुगे झैँ भएको थियो l  आजभोलि पोखरा पुग्दा त्यो पुरानो यात्राको स्मरण भने धेरै हुन्छ यात्राका स्मरण भनेको नि मात्र यहि फोटो नै हुदो रहेछ चाहे २ मेगापिक्सलको क्यामरा के नहोस l 

सायद पहिलो मनकामना यात्रा

 सायद पहिलो मनकामना यात्रा हुनुपर्छ सन् २००७ तिर जिन्दगीको यात्राहरु पक्कै यादगर हुदो रहेछ स्मरणको पाना भित्र  जिन्दगीको क्षण कति प्यारो  हुने रहेछ बिगतका यी पानाहरु पल्टाउदा झन् झन् पुरानो जिन्दगी मन पर्दै जादो रहेछ l